चुरेमा डढेलो, पानी अभावले निभाउन मुस्किल

डिसी नेपाल
१० वैशाख २०८० १५:३०

दोधारा चाँदनी। कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिए। “विभिन्न क्षेत्रमा गरी एक सय दश हेक्टरमा डढेलो निभाइसकेका छौँ।” उनले भने–“चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न चुनौतीपूर्ण छ जान सकिने अवस्था छैन।”

चुरेमा दुई/तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको अवस्थीले बताए। “आमी डढेलो नियन्त्रण गर्ने प्रयासमै छौँ।” उनले भने–“चुरे क्षेत्रको करिब ५० हेक्टरमा डढेलो लागेको छ।”

डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा अहिले डढेलो छ। यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिकाको उत्तरी क्षेत्र, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आइसकेको छ। डढेलोका कारण हालसम्म एक सय १० हेक्टर वनक्षेत्रमा असर परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *