युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग भिड्ने

डिसी नेपाल
११ वैशाख २०८० ७:२८
908
Shares

काठमाडौं। म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ।

ब्राइटलाइ टाइब्रेकरमा ७-६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो। आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा युनाइटेडका सबै खेलाडीहरुले गोल गरेर बिजेता बने पछि अब म्यान्चेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर सिटीसँगको खेल्नेछ।

युनाइटेडका खेलाडीहरु मार्सेल सवित्जर, वोउट वेगह्रस्ट क्यासमिरो, मार्कस रासफर्ड, डिएगो डालोट, जेडान सान्चो,र भिक्टर नेल्सन लिन्डेलफले हानेको बल ब्राइटनका गोल किप्परले सामान गर्न सकेनन्। र, अन्ततः युनाइटेडको सबै गोल हुन पुग्यो।

उता, ब्राइटनका खेलाडीहरु पेर्भिस इस्टुपिनान, लेविस डन्क, एलेक्सिस म्याक एलिस्टर, डेनिज अन्डभ, एडम वेवस्टेर र पास्कल ग्रसले गोल गर्न सफल भए पनि सोली मार्च चुक्दा खेल म्यान्चेस्टर युनाईटेडको पक्षमा पुग्यो।

म्यानचेस्टर डर्वीमा ३ जुनमा हुने फाइनलमा युनाइटेडले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *