येशूलाई देख्न सक्ने दाबीका कारण धेरैको ज्यान गयो, ४७ शव भेटिए, धर्म प्रचारक पक्राउ
काठमाडौं । केन्यामा प्रहरीले तटीय शहर मालिन्दीको चिहानबाट ४७ जनाको शव निकालेको छ । प्रहरीलाई शंका छ कि एक प्रचारकले आफ्ना अनुयायीहरूलाई भोकै बसेमा ‘येशू’ देख्न सक्ने बताए। प्रहरीका अनुसार भोकमरीका कारण मानिसको मृत्यु भएको हो ।
चिहानबाट बालबालिकाको शव पनि निकालिएको छ । चिहानबाट शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । यो चिहान शाकाहोला जंगलमा छ।
गत हप्ता, गुड न्युज इन्टरनेशनल चर्चका १५ सदस्यहरूलाई यहाँबाट निकालिएको थियो । चर्चका नेता पाउल माकेन्जी न्थेन्गेलाई यस मामिलामा हिरासतमा राखिएको छ र यो मुद्दा अहिले अदालतमा छ।
सरकारी प्रसारक केबीसीले उनलाई ‘कल्ट लीडर’ भनेर वर्णन गरेको छ।
केबीसीले अहिलेसम्म ५८ वटा चिहान पहिचान भइसकेको बताएको छ । एउटै चिहानमा एउटै परिवारका पाँच जनाको शव रहेको अनुमान गरिएको छ । उनीहरूमा तीन छोराछोरी र आमाबाबु छन् ।
नाथेङ्गेले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । सन् २०१९ मा नै चर्च बन्द गरेको उनको भनाइ छ ।
उनले आफ्ना अनुयायीहरूलाई “येशूलाई भेट्न भोकै बस्न” भनेका थिए भन्ने आरोप उनीमाथि छ।
केन्याका गृहमन्त्री किथुरे किन्दकीले ८०० एकड जङ्गल क्षेत्रलाई सिल गरी अपराध क्षेत्र घोषणा गरिएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment