पाकिस्तानको स्वात उपत्यकामा आतंकवाद विरोधी विभागको कार्यालयमा विस्फोट, १५ जनाको मृत्यु

डिसी नेपाल
१२ वैशाख २०८० १३:४३
44
Shares

काठमाडौं । पाकिस्तानको स्वात उपत्यकामा रहेको आतंकवाद विरोधी विभागको कार्यालयमा भएको विष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

विस्फोटमा ५३ जना घाइते भएका छन् । जसमध्ये आठ जनाको अवस्था गम्भीर छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा अधिकांश प्रहरी रहेका छन् । विष्फोटबाट आतंकवाद विरोधी कार्यालयको भवन ध्वस्त भएको छ ।

भग्नावशेषमा पुरिएका मानिसलाई निकाल्ने काम पनि भइरहेको छ । स्वात प्रहरीले आतंकवाद विरोधी विभागको कार्यालयमा भएको विस्फोट आतंकवादी कार्य नभएको जनाएको छ ।

पुरानो सीटीडी कार्यालयमा विष्फोट भएको थियो तर अहिले आतंकवादी हमलाको कुनै सुराग नभएको प्रहरीले जनाएको छ । यहाँ राखिएको हतियारमा विद्युत सर्ट सर्किट भएर आगो लागेको थियो ।

पाकिस्तानी तालिबान समूहले हालैका दिनहरूमा यहाँ सुरक्षा बलहरूमा धेरै आक्रमणहरू गरेको छ। तर उसले यस विस्फोटको जिम्मेवारी भने लिएको छैन ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसअघि उक्त विस्फोटलाई ‘फिदाइन आक्रमण’ भनेका थिए तर पछि भने “विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ”।

स्वात उपत्यकामा आतंकवाद विरोधी अभियान चलिरहेको छ । जसका कारण यहाँ सुरक्षा बलको उल्लेख्य उपस्थिति रहेको छ।सन् २०१२ मा आतंकवादीहरूले नोबेल पुरस्कार विजेता मलाला युसुफजाईलाई यस उपत्यकामा आक्रमण गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *