गुल्मीमा जीप दुर्घटना, एककाे मृत्यु

डिसी नेपाल
१४ वैशाख २०८० ९:३३
328
Shares

गुल्मी। गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको मृत्युको छ। मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार साे जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएकाे हाे। साे दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीकाे भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ।

उनका अनुसार मालिका गाउँपालिकाकाे दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जीप हिडेकाे थियाे। ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *