अजरवैजान पुर्याई अलपत्र पारेर ठगी गर्ने २५ वर्षीय युवक पक्राउ
काठमाडौँ। अजरवैजान पुर्याई ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ लमही नगरपालिका-५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनार रहेका छन्।
सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पुर्याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment