विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

डिसी नेपाल
१४ वैशाख २०८० १२:१८
104
Shares

काठमाडौँ। विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने २४ वर्षीय अमिर खान र बाँके डुडुवा गाउँपालिका-७ बस्ने ३७ वर्षीय राजु सिंह रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भे.७ प ८४३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *