रुसले युरोपमा तेल आपूर्ति घटाउने

डिसी नेपाल
१४ वैशाख २०८० २२:२६
332
Shares

मस्को । रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्याउने योजना बनाएको छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सो बारे बताएका हुन् ।

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताएका छन् ।

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०–९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *