किमको डुप्लिकेट क्रिस्टिनाको निधन

डिसी नेपाल
१५ वैशाख २०८० १३:२६
4.9k
Shares

लसएन्जल्स। हलिउड मोडल किम कार्दाशियनको डुप्लिकेट क्रिस्टिना एश्टनको ३४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

किम जस्तै देखिने क्रिस्टिनालाई उनका साथीहरुले किमसँग तुलना गर्थे। उनले किमजस्तै देखिनका लागि कैयौं पटक प्लास्टिक सर्जरीसमेत गरेकी थिइन्। सर्जरीपछि उनी किम जस्तै देखिएकी थिइन्।

क्रिस्टिनाका परिवारले उनको निधनको पुष्टि गरेको छ। उनको निधन अप्रिल २० मा भएको भए पनि परिवारले हालैमात्र त्यो खबर सार्वजनिक गरेका हुन्।

किमजस्तै देखिनका लागि क्रिस्टिनले करिब ११.१२ करोड रुपैंयाँ खर्च गरेकी थिइन्। यो खर्च उनले प्लास्टिक सर्जरीमा गरेकी थिइन्। यो सर्जरीपछि उनको शरीरमा छाला सम्बन्धी कैयौं समस्या देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *