सामुदायिक विद्यालयमा विद्यार्थीलाई टाइ अनिवार्य नगर्न काठमाडौं महानगरको परिपत्र
काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई परिपत्र जारी गरेको छ ।
बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले टाइ अनिवार्य नगर्न परिपत्र गरेको हो।
पठाइएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९/१२/२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र संचालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाइ अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment