कविता

माथिका हरि

अर्जुन दाहाल
१६ वैशाख २०८० ७:३६
784
Shares

माथिबाट, आँखा तरि , हेर्दै होलान् हरि
चिम्रिएको, मरिच देख्दा, भन्लान् कठैबरी।

अठ्चालिसको,बहुमत, नपचेको किन?
फेरि पनि, हरि चाहियो , छैन लाज घिन।

यिनै थिए,टाउकाको ,मूल्य तोक्ने पनि
तिनैलाई, भोट माग्छन्, हरि भनी भनी।

बार्दलीको, हुँकार उस्तै, उखानको बाढि
फूट्नै लाग्यो, चर्किसक्यो, अहंकारको हाँडी।

भ्रस्टाचारी,भाषण खोक्छन् छाती पिटीपिटी
किसानलाई, मल छैन भाछन् घिटीघिटी।

माथिबाट, किसानलाई, हेरिदेउन हरि
उत्पादन,सडकमा, फाल्छन् कठैबरी

जनयुद्ध,आखिरमा, भयो धनयुद्ध
माथिबाट, हरिसंगै,हेर्दै होलान् बुद्ध।

नाटक् गर्छन्, जुटे जस्तो, फुट्छन् घरीघरी
देस् बनाउंँन,असल बुद्धि, हालिदेउन हरि।

प्रदेशको, नाम पनि, नमिलेको अरे
जन्ता चाहिँ, सोधिराछन्, के के बिकास् गरे।

संविधान, मिचिमिची,गरे मनपरी
अब चाहिँ, अति भयो, भनिदेउन हरि ।

गरिब् हरु,अझ गरिब् ,धनी अझ धनी
गरिब् भोकै, धनीहरु, खान्छन् कनीकनी।

खरिद् गर्छन् , बिदेशबाट, गुन्द्रुक अनि धागो
अब भने,बाल्नुपर्छ, बिद्रोहको आगो।

अति गर्दा, खती हुन्छ, बुझाउन पर्छ
नत्र भने, मन् भित्रको, हरि पनि मर्छ।

लाज् पचेका, लबस्तरा, भन्ने हैनन् सरि
श्राप लाग्छ, जनताको, भनी देउन हरि ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *