नेपालको उत्कृष्ट प्रदर्शनः विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल

डिसी नेपाल
१६ वैशाख २०८० ९:५९
2.0k
Shares

काठमाडाैं। एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालले ७ ओभरमा कुनै पनि विकेट नगुमाउँदै ६० रन जोडिसकेको छ।

कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रनसहित क्रिजमा छन् भने आसिफ शेख १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहेका छन्। खेल जारी छ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ बाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिड्न आइपुगेको हो। कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको हो।

नेपाल टिमः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *