पाकिस्तानमा भारतीय च्यानल प्रसारण गर्ने ५० केबल अपरेटरका उपकरण जफत
काठमाडौं । भारतको टिभी च्यानल देखाउने पाकिस्तानका ५० भन्दा बढी केबल अपरेटरलाई कारबाही गरिएको छ । यसअन्तर्गत उनीहरुको उपकरण जफत गरिएको छ ।
बरामद गरिएका उपकरणमा १४ स्याटेलाइट रिसिभर, ११ मोड्युलेटर, ५ ट्रान्समिटर र २ डिजिटल बक्स रहेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले बिहीबार यी च्यानलहरूमा यो कारबाही गरेको हो।
पेमराले पाकिस्तानमा इलेक्ट्रोनिक मिडियालाई मात्र निगरानी गर्छ।
पेमराले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यसका टोलीहरूले पाकिस्तानका सात शहरहरू – लाहोर, मुल्तान, फैसलाबाद, सरगोधा, गुजरनवाला, कराची र हैदरावादको अचानक भ्रमण गरेपछि यो कारबाही गरेको हो।
यसअघि पेमराले भारतीय च्यानलको सामग्री प्रसारण गरेको केही दिनपछि मात्रै केबल अपरेटरहरूलाई फेरि पनि आदेश उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment