लापसे गरेर स्कुल बस चलाउने चालक पक्राउ

डिसी नेपाल
१६ वैशाख २०८० १२:२८
9.6k
Shares

काठमाडौं।लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्‍यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका-९ का चन्द्रबहादुर तामाङ, ग १ य १११२ नम्बरको पर्यटक बस चालक गल्छी गाउँपालिका-६ का दिर्घबहादुर मग्राती,  बा १६ च ९३ ६९ नम्बरको कार चालक गल्छी गाउँपालिका-३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका  राजु तामाङ रहेका छन्। थानकोटस्थित चेक पोइन्टमा भएको बिशेष चेकजाँचका क्रममा ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलिले शुक्रवार ‍ २० सवारी साधन चेक गर्दा उनीहरु पक्राउ परेका हुन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *