काम नगर्ने नेतालाई ढ्यांग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन
काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन्।
माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।
पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे।
उनले अरु हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार नवप्रवद्र्धन हेर्ने विभाग गठन गरिनुपर्ने माग पूरा नभएसम्म धर्ना जारी रहने बताए। पुनले नेताहरूले बोलेर मात्रै विकास नहुने हुँदा काम गर्नुपर्ने औंल्याए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment