कैलालीमा बुवाले गरे आफ्नै छोराको हत्या
सांकेतिक तस्बिर
धनगढी। कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षिय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्।
अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ।
खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमको नेतृत्वमा खटिएको टोलीले महेशलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा खटिएको टोली अहिले घटनास्थलमा पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment