एसीसी प्रिमियम कपः तेस्रो स्थानका लागि कुबेत र ओमानबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं। एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागिथ आज प्रतिस्पर्धा हुँदैछ। नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई) सँग पराजित ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो।
जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो। सो खेल रोकिए पछि समूह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।
उता, तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुबेतसँग प्रतिस्पर्धामा उत्रन लागेकाे हाे। डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफनो सम्पूर्ण मेहनत खर्चिने भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment