मुलपानीले ओडिआई मान्यता पाएपछि क्यान मनायाे केक काटेर खुसीयाली

डिसी नेपाल
१७ वैशाख २०८० ७:४२
1.4k
Shares

काठमाडौं। नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसियालीमा केक काटेर उत्सब मनाएको छ। क्यानका पदाधिकारी तथा कर्मचारीहरुलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट गरेका हुन्।

क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले आज ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो।

यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो। सन २०२० मा त्रिबी खेल मैदानले ओडिआई मान्यता पाएको तीन बर्ष पछि मुलपानी मैदानले पनि आजवाट सो मान्यता प्राप्त गरेको हो। शनिबारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा क्रिकेट मैदान भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *