नेपाललाई चौथो सफलता, युएईको चौथो विकेट गुम्यो

डिसी नेपाल
१८ वैशाख २०८० १०:०८
1.3k
Shares

काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ। नेपालले यूएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ।

नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै युएईको चौथो विकेट लिएका हुन्। यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए। यससँगै यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ।

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिडन आइपुगेको हो। नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *