लामिछानेले दिलाए नेपाललाई पाँचौँ सफलता
काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले पाँचौं सफलता पाएको छ । बलिङमा आक्रमक रुपमा उत्रिएको नेपालका लागि पाँचौण विकेट सन्दिप लामिछानेले लिएका छन् ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए। यससँगै यूएईले ५१ रनमा ५ विकेट गुमाइसकेको छ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment