अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरका पीडा (फोटोफिचर)

डिसी नेपाल
१८ वैशाख २०८० १८:४३
52
Shares

काठमाडौं। विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। नेपालले पनि मनाइरहेको छ। सोमबार बिहानै राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले श्रमिक दिवसको अवसरमा मजदुरको पक्षमा शुभकामना दिएका छन्।

तर, मजदुरलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन। दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरलाई विश्वभर मनाइरहेको श्रमिक दिवसले छोएको छैन।

काठमाडौंमा केही दिनयता झरी परेको छ। सोही झरीमा रुझ्दै श्रमिक आफ्नो कर्ममा सोमबार बिहानैबाट खटिएका छन्। जसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसले छोएको छैन।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ। तर, अधिकांश निजी क्षेत्रमा काम गर्ने कर्मचारी र संस्थागतविहीन मजदुर भने सोमबार पनि अतिरिक्त सुविधाविना नै काम खटिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *