एसिया कपमा छनोट हुन नेपाललाई ११८ रनको लक्ष्य
काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बीचको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । सोमबारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज भएको बाँकी खेलमा युएईले ६.१ ओभरमा एक विकेट गुमाएर ११ रन बनायो । योसँगै युएईले ३३.१ ओभरमा आलआउट भएर ११७ रन बनाएको छ ।
त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदानमा सोमबार भएको खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो। नेपालले आक्रामक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक बर्षाको कारण रोकिन पुगेको खेल पुनः सुरु गरिएको थियो।
दोस्रो पटक पुनः सुरु गरिए पनि बर्षा सुरु भए पछि खेल रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा नरोकिएपछि खेल स्थगित भएको थियो ।
हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए। सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो। आज (मंगलबार) ललितले पुनः एक विकेट लिएसँगै नेपालले ११८ रनको लक्ष्य पाएको हो ।
युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए । उनले ५४ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ तथा बसिल हमिद र जुनैद सिद्धिकीले समान १०/१० बनाए । अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment