साउदी अरब गएको भन्दै पिएसजीद्वारा मेसी निलम्बित
काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजीं) ले लियोनल मेसीलाई दुई साताका लागि निलम्बन गरेको छ। क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो।
फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेलपछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरेबिया गएका हुन्। त्यस खेलमा पिएसजी पराजित भएको थियो।
अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन्। क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन्। मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन्।
अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबवाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन्। यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबिया क्लबवाट खेलिरहेका छन्। उनलाई पनि महंगो रकमा साउदी क्लबले अनुबन्धित गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment