स्पेनिस ला लिगाः शिर्ष स्थानको बार्सिलोनाको संघर्षपूर्ण जीत

डिसी नेपाल
२० वैशाख २०८० ८:००
1.5k
Shares

काठमाडौं। स्पेनिस ला लिगाको शीर्षस्थानको बार्सिलोनाले ओसासुनालाई पराजित गरेकाे छ। घरेलु मैदानमा बार्सिलोनाले कठिन संघर्ष पछि ओसासुनालाई १-० ले पराजित गरेको हो।

स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १-० को जीत निकाल्न सकेको हो। ७६औं मिनेटमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गरे पछि बार्सिलाेनाले पराजय वा बराबरी भाेग्न नपरेकाे हाे।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक बटुलेको छ भने पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा सीमित छ। यस जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ।

अब अर्को खेलमा स्पान्योललाई हराउन सकेको खण्डमा उ बिजेता बन्नेछ। बार्सिलोना २०१८-१९ को सिजनपछि ला लिगाको पुनः च्याम्पियन बन्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *