रवि लामिछानेका सवारी चालक थापाको अन्त्येष्टि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो।
उनको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment