यौन अपराध सुधार: जापानमा नयाँ कानून अन्तर्गत, कडा सजायको प्रावधान हुने

डिसी नेपाल
२० वैशाख २०८० १४:२०
204
Shares

काठमाडौं । जापानमा नयाँ यौन अपराध सुधार कानुन ल्याइएको छ। यस अन्तर्गत कसैको स्वीकृति बिना आपत्तिजनक तस्विर खिच्न वा भिडियो बनाउन प्रतिबन्ध लगाइनेछ।

अहिलेसम्म देशमा ठाउँअनुसार फरक–फरक हुने यस्ता अपराधमा प्रादेशिक कानुन लागु हुने गरेको छ । जापानमा यौन अपराधको विषयमा ठूलो बहस चलिरहेको छ ।

अहिले यो कानुनसँगै बलात्कारको परिभाषा पनि फराकिलो हुँदैछ । यसअन्तर्गत कसैको स्वीकृतिबिना उसको शरीरको गोप्य भागको तस्विर खिचेर सेयर गर्नु अपराध हुनेछ । यस्ता तस्विर राख्न पनि प्रतिबन्ध लगाइएको छ ।

यस विधेयकमा बालबालिकालाई विशेष उल्लेख गरिएको छ । यसमा ‘बालबालिकालाई यौन स्थितिमा राखेर भिडियो बनाउन’ प्रतिबन्ध लगाइएको छ ।

यस्तो पोजमा बच्चा मोडेलहरू (अधिकांश केटीहरू) देखाउने चलन जापानमा छ। बच्चाहरूलाई अधोवस्त्र लगाएर पोज दिन भनिएको घटनाहरू भएका छन्। यस कानुन अनुसार दोषीलाई तीन वर्षको जेल वा २२ हजार अमेरिकी डलर जरिवाना हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *