इंग्लिस प्रिमियम लिगः म्यानचेस्ट सिटी शिर्षस्थानमा उक्लियो
काठमाडौं। इंग्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ। घरेलु मैदान इतिहाद स्डेडियममा बुधवार राती भएको खेलमा वेस्ट हामलाई ३-० ले पराजित गर्दै सिटी शिर्षस्थानमा उक्लन सफल भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९औँ मिनेटमा नाथन एकेले बेस्ट हामबिरुद्ध गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए। र, ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपे पछि सिटीको अग्रता दोब्बर हुन पुग्यो।
त्यसपछि खेल सकिनु केही समय अघि अर्थात ८५ औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३-० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शिर्षस्थानमा पनि उक्लिन पायो।
यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक बटुलेको छ भने पराराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ। हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले ३३ औँ खेलवाट यो कीर्तिमान बनाएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment