विवाह हुन एक हप्ता बाँकी रहँदा भक्तपुरमा युवतीले गरिन् आत्महत्या

डिसी नेपाल
२१ वैशाख २०८० १५:५७
26.5k
Shares

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डुुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

काठमाडौ दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग  सुस्मिताको विवाह तय भइसकको थियो ।

तर, बिहीबार आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको अवस्था सुस्मितालाई भेटिएको परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

उनको साथबाट भेटिएको सुुसाइड नोटमा आफैंले आत्महत्या गरेको र पिर नगर्न भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *