लागूऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

डिसी नेपाल
२१ वैशाख २०८० १८:५७
84
Shares

धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीका अनुसार बुधवार राति पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित दोदा पुल नजिकबाट प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका १८ वर्षीय सागर राना रहेका छन् । उनीहरूको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *