बुद्धजयन्ती : स्वयम्भूसहितका बाैद्ध गुम्बामा दर्शनार्थीको भिड (फाेटाे फिचर)

डिसी नेपाल
२२ वैशाख २०८० १२:४०
156
Shares

काठमाडौँ। विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ। यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ।

स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *