क्लबको अनुमति बिना साउदी अरब जानु गल्ती भयो:लियोनेल मेसी

डिसी नेपाल
२३ वैशाख २०८० ८:०९
1.7k
Shares

काठमाडौं। लियोनेल मेसीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ती स्वीकार गरेका छन्।

पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्विकार गर्दै माफी मागेका हुन्। सोही अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु। मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भइरहेको थियो। मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिए तर यसपटक भने सकिन।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ। उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउने छन्। सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन्। उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन् र उनी माथी करोडौं खर्च गर्न खोजिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *