नेपालले खोजेको राजनेता

शंकरप्रसाद रिजाल
२४ वैशाख २०८० ८:२६

व्यक्ति त्यस्तो होस् जो शुद्ध आचरण, नीति, नियम, अनुशासन, बिबेक,समाजसेवा, समाजमा प्रतिष्ठित र कर्ममा तल्लीन होस् जसले आफ्नो परिवार, समाज र राष्ट्रलाई नै मन पर्ने कामहरु गरेको होस्।

गुरु त्यस्तै होस् जसले सारा आफ्ना शिष्यलाई आफूजस्तै ज्ञानको ज्योतिले परिपूर्ण गर्न सकोस। परिवार त्यस्तो होस् जहाँ एकले अर्काप्रति खुलेर सदभाब प्रकट गरिरहेको होस्।

त्यस्तै समाज त्यस्तो होस् जहाँ एकले अर्काको समस्या बुझेको होस् र अन्त्यमा राष्ट्र त्यस्तो होस् जहाँ जनताले आफूले खोजे जस्तो नेता र राजनेता पाओस्। अनिमात्र व्यक्ति, परिवार, समाज र राष्ट्र बन्न कत्ति बेर लाग्दैन।

नेपालले खोजेको राजनेता त्यस्तो होस्, जसमा भबिष्य फरक दृष्टिकोणले सोच्न सक्ने, साहशिलो, निरन्तरता कायम गर्न सक्ने, साधारण बन्न सक्ने, अब के गर्ने भनी अगाडिका देशको योजना बनाउन सक्ने दिमाग भएको, उत्साही, व्यक्तित्वमा तीखोपना, सृजनशील र आविष्कार प्रबर्धन गर्न सक्ने अनि ज्ञान बिज्ञानको ज्ञानको मुहान भएको त्यस्तो गुण भएको जसले देशको भविष्यको बिकासको दरो खाका कोर्न सकोस् र प्रयोगमा ल्याउन सकोस अनि जनताको आँखामा सदैब तारा बनेर चम्किन सकोस्।

एक त्यस्तो नेता बनोस् जो अन्त्यमा जनमानसमा चिरपरिचित भै राज्यलाई नै सम्पूर्ण विषयको मार्गदर्शन गर्न सक्ने एक राजनेता बनोस्। जसरी सिंगापुरमा लि क्वान यु राजनेता बने। यसैमा छ एउटा राजनेताको सफल जन्म र मरण।

नेपालले नेपालको बिस्तार र निर्माणमा राजाको तर्फबाट सिर्फ तीन राजनेता पाउन सफल भयो। ती हुन् श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेब, राजा महेन्द्र र र राज वीरेन्द्र। पृथ्वी नारायण शाह जोे आफू राजा भइकनपनि सारा आफ्नो जीबन नेपाललाई एकीकरण गर्ने ठुलो काममा लागे र एकीकरण गरी छाडे।

श्री ५ महेन्द्र जसले बन्द र अँध्यारो नेपाल अधिराज्यलाई संसारको चिनाउन र छोटो शाशनकालमा नै देसमा उद्योग कल कारखाना, सडक यातायात, विश्वविद्यालय, कलेज, नेपाल राष्ट्र बैंक, प्रज्ञा प्रतिष्ठान, गाउँफर्क जस्ता अनगिन्ति दरो संस्थागत विषय संस्थापन गरी विश्व समक्ष इज्जत र सम्मान दिलाउन सफल भए।

अनेक बिदेशका राष्ट्राध्यक्षहरुलाई नेपाल भ्रमण गराई अनेकौं आर्थिक अनुदान र सहयोग भित्र्याउन सफल भएका थिए। परराष्ट्र नीतिमा दरो असंलग्न नीति अपनाउँदै नेपालको मान र संमान बढाएका थिए।

त्यसपछि राजा वीरेन्द्रले आफ्ना पिता श्री ५ महेन्द्रले छोडेर गएको अपूरा कुराहरुलाई पूरा गर्न विश्व समक्ष शान्ति क्षेत्रको प्रस्ताब आह्वान गरेर होस्, जनमत संग्रह गरेर होस् वा देशमा २०४७ सालको नयाँ संविधान दिएर होस् वा अन्तर्राष्ट्रिय रंगमंचमा डटेर नेपालको इज्जत राख्ने काम किन नहोस् सबै काम गरेका थिए। आखिर राजनेताले गर्नु पर्ने काम र योगदान पनि यिनै हुन्।

काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङ जस्ता दिल र दिमाग भएका व्यक्ति आइसकेका छन् र हालै २०८० साल बैशाख १० गतेको उपचुनाबमा पुनः रवि लामिछाने जस्ता होनहार नव युवक र नेपाल तथा अन्तर्राष्ट्रिय जगतकाका ख्याती प्राप्त अर्थविद डा. स्वर्णिम वाग्ले प्रतिनिधि सभाको उपनिर्वाचनमा बिजयी भएर संसदमा प्रतिनिधित्व गर्न आइसकेका छन्।

यसैगरि जनताहरुको तर्फबाट बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र मदन भण्डारी जस्ता होनहार राष्ट्रिय नेताहरु नेपाले पाएको थियो। यी नेताको कार्यकालमा देश अगाडि बढिरहेको थियो।

देश भर्खरै विकासोन्मुख मार्गमा बढिरहेको बेला साना तिना कुराहरुमा झै झमेला रहेतापनि नेपालमा भ्रष्टाचार कम थियो। सबै जसो नेताहरु भ्रष्टाचारमा मुछिएको सुन्नमा आएको थिएन। देशमा बिस्तारै उद्योग कल-कारखाना खोलिँदै आएको थियो।

युवा युवती बिदेश पलायन हुने भिड थिएन। देशको सोधनान्तर स्थिति, मौद्रिक नीति बिग्रेको थिएन। बजारभाउ सन्तोषप्रद थियो। राजनीतिमा छलकपट थियो तापनि न्यून थियो। समष्टिगत रुपमा २०४७ सालसम्म देश ठिक अवस्थामा थियो। राजनेताको अभावको महशुस थिएन।राजनीतिमा भ्रष्टीकरण, ब्यापारीकरण थिएन।

यही क्रममा नेपालको ब्यबस्था अगाडि संबिधानमा नपुग र अधुरो र संशोधन गर्नु पर्ने भए सोही अनुसार संशोधन गरी आफ्नो देश बिस्तारै हरेक क्षेत्रमा बिकास गर्दै गएको भए आज २०७९ सम्ममा नेपालको बिकास कति हुने थियो, यो प्रत्येक नेपालीलाई थाहा छ।

तर अफसोच र दुर्भाग्य वा सतिले सरापेको हो, २०४७ सालमा जब नयाँ संविधान आयो, त्यस बेलादेखि बिदेशी भुतहरु नेपालमा पसेर नेतासहित राजसंस्था हटाउन भित्रभित्रै लागे।

अनि के चाहियो र, देशमा लोभ र लालचमा फस्ने राजनीतिका बाहकलाई हरतरहबाट आफ्नो पकडमा राखेर सबै पक्षबाट आक्रमण गरी देशमा सबै भन्दा पहिले बचेका कुचेका राजनीतिका खेलाडीलाई पैसाको, बिदेश भ्रमणको, पद र प्रतिष्ठाको र छोरा छोरीलाई बिदेशमा अध्ययन गराउन छात्रवृत्ति प्रदान गर्ने कुराको प्रलोभन देखाई सबैलाई नेतलाई आफ्नो इच्छानुसार घुमाउने र चलाउन सक्ने गरी आफू एक किसिमको नेपालको संचालक बनिरहन सफल भए।

यही भेलमा देशका अधिकांश बिशेशज्ञ, पढे लेखेका विद्वानलाई पार्टीमुखी बनाई आफ्नो चंगुलमा राख्न सफल भए। २०४७ सालपछि देशमा नेतागिरी गरेर हिँड्ने पार्टीका शिर्षस्थ नेताहरु देशको नेता र राजनेता बन्न छोडेर, देशलाई बिकास गर्न छोडेर बिदेशीकै पछि लागेर बिदेशीको गुलाम बन्दै प्रधानमन्त्री र मन्त्री र संबैधानिक संस्थाका हाकिम बन्न पुगे र सधैं पद र शक्तिमा रहिरहन दत्तचित्त भएर लागे।

देशमा कहिले माओबादी जनयुद्ध त कहिले दरबार हत्त्याकाण्ड जस्तो त्रासदीपूर्ण कुराको पर्वाहनै नगरी देशलाई अन्ततोगत्वा राजनैतिक संकट, आर्थिक संकट, धार्मिक संकट, सामाजिक संकट र उद्योग कलकारखानाको संकट स्वाथ्य संकट, शिक्षा संकट, बाताबरण संकट आदि जस्ता असंख्य संकट सृजना गरी देशलाई सम्पूर्ण कुराको संकटमा पुर्‍याउन सफल भए। देशको चौतर्फी बिकास गरी नेता र राजनेता बन्ने त परै जाओस्।

आज देश नेता र राजनेता नभएर हरेक विधाहरुबाट आक्रान्त बनेको छ। देश बनाउँछु भनेर यथार्थताको खोल ओढी बसेका आजका तमाम तथाकथित नेताहरु बिकासको रेखा कोर्नेबारे कहिल्यै पनि छलफल नगरी खाली सत्ता साझेदारी गरी सधैं सत्तामा टिकिरहने र बिदेशीकै गुलाम बनिरहने प्रवृत्तिले गर्दा आज देशले खोजेको जस्तो नेता भेट्टाउन सकेको छैन।

यो देशको र सम्पूर्ण देशबासी नेपालीको भाग्यमाथि खेलबाड गरी ३० बर्षसम्म सत्ताको मात्र रजगज जमाउने यी राजनैतिक कुन चाहिँ खेलाडीलाई हामी नेता र राजनेताको दर्जामा राख्न सक्छौं?

यो सबै कुरालाई मध्यनजर गर्दै अब देशका तमाम ३ करोड जनताले देशमा एक राजनेता खोज्नु पर्ने बेला आएको छ, जसले यो देशलाई १० वर्ष भित्रमा कायापलट गर्न सकोस्। देशमा हाल भएका दम्भ, घमण्डी, अदूरदर्शी, स्वार्थी र अबिबेकी नेताहरुको सट्टामा देशलाई र नेपाली जनतालाई प्रगाढ माया गर्ने एक राजनेता चाहिएको छ, जसलाई हामी राजनेता मान्न सकौं।

संसदमा धेरै भान्छे प्रवृत्तिका प्रतिनिधि पसेका छन् जसले संसदभित्र पाक्ने खानालाई दुषित बनाइरहेका छन्। धेरै मुर्खहरु पार्टीभित्र बसिरहेका छन् जसले पार्टीभित्र कलह मच्चाइरहेका छन्। यस्तो जमातबाट देशको नेता र राजनेता खोज्नु एक दिवासपनामात्र हुन्छ।

यसै सन्दर्भमा आज पुराना नेताहरुबाट वाक्क र दिक्क भएका नेपालीले गत २०७९ सालको आम चुनाबमा प्रशस्त नयाँ अनुहार भएका जनप्रतिनिधि आएका छन्, सुरुदेखि भ्रस्टाचार विरोधीको चर्को नारा दिँदै आएका ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका कैयौं नयाँ अनुहार संसदमा प्रवेश गरेका छन्।

स्थानीय निकायमानै किन नहुन, काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङ जस्ता दिल र दिमाग भएका व्यक्ति आइसकेका छन् र हालै २०८० साल बैशाख १० गतेको उपचुनाबमा पुनः रवि लामिछाने जस्ता होनहार नव युवक र नेपाल तथा अन्तर्राष्ट्रिय जगतकाका ख्याती प्राप्त अर्थविद डा. स्वर्णिम वाग्ले प्रतिनिधि सभाको उपनिर्वाचनमा बिजयी भएर संसदमा प्रतिनिधित्व गर्न आइसकेका छन्।

संसद अझ शसक्त बन्दैछ। नयाँ अनुहार धमाधम थपिँदैछन्। जे होस् सम्पूर्ण पुराना नेताको मनमा ढ्यांग्रो ठोकिसकेको छ। बिभिन्न अरु पार्टीहरुमा खैलाबैला मच्चिइ सकेको छ। अब नेता तथा राजनेता बन्ने लहरमा नयाँ पिँडीहरु नयाँ झिल्काहरु बनी आइरहेका छन्।

हुनसक्छ यस्तै व्यक्ति बढ्दा बढ्दै एकदिन नेपालमा सम्पूर्ण रुपमा देश हाँक्ने ली कुआन यु, माहाथिर मुहम्मद, डेनजाओ पिङ ,सि जिङ पिङ, भ्लादिमिर पुटीन, बाराक ओबामा, नेल्सन मण्डेला, बेलायतका डोभिड क्यामेरून र भारतका नरेन्द्र मोदी जस्ता प्रख्यात नेता वा राजनेता नेपालमा बन्न धेरै समय लाग्दैन होला। नेपालमा चेतनाको लहर उठिसकेको छ।

पुराना राजनीतिक नेताहरु पाखा लाग्ने बेला आइसकेको छ, चाहे ती जतिसुकै पढेलेखेका, जेल कोचिएका, मान्छे मारेका र दुई पैसाको राजनीति गर्ने किन नहुन। देशले धेरै दुःख पाइसकेको छ, धेरै कष्ट पाइसकेको छ। समय धेरै बितिसकेको छ।

हामी धेरै पछाडि परिसकेका छौं। अब बग्रेल्ती नेताहरु र बग्रेल्ती पार्टीहरु नभई राजनेता एक र पार्टी सिर्फ तीनवटा कांग्रेस, कम्युनिष्ट र स्वतन्त्रमात्र बनोस्। यसरी मिलाउने एक राज नेता बनोस्। बस नेपालको उन्नति र प्रगति यसैमा निर्भर रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *