युनिक नेपाल लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति
काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई एफपीओ जारी गर्न अनुमति प्रदान गरेको हो।
लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। अब लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ।
युनिक नेपाल लघुवित्तले २०७८ चैत २१ गते एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो। निवेदन दिएको १३ महिनापछि युनिक नेपालले एफपीओ जारी गर्ने अनुमति पाएको हो।
यस एफपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटले गर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment