अल्वियोनमाथि एभर्टनको सानदार जीत

डिसी नेपाल
२६ वैशाख २०८० ८:२९
80
Shares

काठमाडौं। एभर्टनले ब्राइटन होव सानदार जित निकालेको छ। इंग्लिस प्रिमियर लिगको जारी खेलमा ब्राइटनको घरेलु मैदानमा एभर्टनले ५-१ को फराकिलो जीत निकालेको हो।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा सोमबार राति खेलको पहिलो मिनेटमा नै एब्डुलाए डोउकाउरे को गोलबाट एभर्टनले अग्रता लिन सुरु गरेको थियो। उनले खेलको २९ औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै एभर्टनको अग्रतालाई दोब्बर पारिदिए।

झन्, त्यसमाथि उपहार स्वरुप आएको अर्थात ३५औं मिनेटमा जासोनले आत्मघाती गोल गरेपछि एभर्टन पहिलो हाफमा नै ३-० को फराकिलो अन्तर जोडन सफल भयो।

यसैगरी, दोस्रो हाफको ७६औं मिनेटमा डिवाइट म्याक्नेलले गोल गरेपछि एभर्टनले आफनो अन्तरलाई फरकिलो बनायो तर ७९ औं मिनेटमा एलेक्किस म्याक एलिस्टरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काए।

उता, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा म्याक्नेलले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गरिदिए। र, खेल अन्ततः ५-१ मा टुंगिदै एभर्टन बिजयी हुन पुग्यो।

यस जितसँगै एभर्टनले ३५ खेलबाट ३२ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ भने पराजित ब्राइटन ३३ खेलबाट ५५ अंक जोडेर सातौं स्थानमा सीमित रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *