अमेरिकी डलरमा झिनो गिरावट हुदाँ युरोकाे भने बढ्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरमा झिनो गिरावट आएको छ। यसअघि आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार एक पैसाले घटेको छ।
मंगलबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसामा कारोबार भएको छ। यसाअघि सोमबार खरिदमूल्य १३० रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १९ पैसा कायम गरिएको थियो।
नेपाल राष्ट्र बैंकले मंगलबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसाले बढी हो । यसअघि सोमबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५६ पैसा कायम गरिएको थियो।
त्यस्तै, मंगलबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ ३७ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ १३ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा पाइन्छ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल मंगलबार एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर मंगलबार ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९५ पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment