तीन कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

डिसी नेपाल
२६ वैशाख २०८० ९:१६
912
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन कम्पनीको सेयर कारोबार रोक्का भएको छ।  प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार बैशाख २६ गते (मंगलबार)देखि रोक्का भएको छ।

मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। मर्जरपछि यी तीनै कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्। यी तीनै कम्पनी १ः१ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।

यी कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र बिमा प्राधिकरणले वैशाख १३ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *