बुटवल पावरको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो
काठमाडौँ। बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँबाट अहिले १२.८९ प्रतिशतले वृद्धि भएको छ। विद्युत बिक्रीबाट गत वर्ष ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेकामा अहिले घटेर ५८ करोड ३१ लाख ७८ रुपैयाँमा आएको छ। कम्पनीको अन्य आम्दानी भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ।
यस्तै, वित्तीय आम्दानी पनि ७ करोड ३५ लाख रुपैयाँबाट बढेर ८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६० करोड १७ लाख ८८ हजार रुपैयाँ रहेको छ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा छ। गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ६५ पैसा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment