डीजीसीएले गोफर्स्टलाई तत्काल टिकट बिक्री बन्द गर्न निर्देशन दियो
काठमाडौं । भारतको उड्डयन नियामक डीजीसीएले सोमबार संकटग्रस्त एयरलाइन गोफर्स्टलाई अर्को आदेश नभएसम्म टिकट बेच्न तुरुन्तै बन्द गर्न भनेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार डीजीसीएले एयरक्राफ्ट नियम, १९३७ अन्तर्गत वायुसेवालाई सुरक्षित, प्रभावकारी र भरपर्दो रूपमा उडान सेवाहरू जारी राख्न असफल भएकोमा नोटिस पनि जारी गरेको छ।
यसअघि एयरलाइन्सले मे १५ सम्म टिकट बिक्रीमा रोक लगाएको थियो भने जुन १२ सम्मका सबै उडान रद्द गरेको थियो ।
गोफर्स्ट एयरलाइन्सले आफ्ना आधाभन्दा बढी विमान इन्जिन फेल र मर्मत नहुँदा उडान गर्न नसकेको र ठूलो नोक्सानी बेहोर्नुपरेको जनाएको छ ।
यसैबीच, वाडिया समूहको स्वामित्वमा रहेको यो एयरलाइन्सले आफूलाई टाट पल्टेको घोषणा गर्ने प्रक्रिया पनि सुरु गरेको छ।
कम्पनीले यसका लागि राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसीएलटी) मा पनि निवेदन दिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment