अमेरिकी डलरकाे भाउ बढ्दा युराेकाे भने घट्याे

डिसी नेपाल
२७ वैशाख २०८० ८:४१
132
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

अमेरिकी डलर बुधबार ३९ पैसाले बढेको हो। अघिल्लोदिन अर्थात मंगलबार डलरमा झिनो गिरावट आएको थियो। मंगलबार डलरको भाउ एक पैसाले घटेको थियो। बुधबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको छ। यसाअघि मंगलबार खरिदमूल्य १३० रुपैयाँ ५८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १८ पैसा कायम गरिएको थियो।

नेपाल राष्ट्र बैंकले बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४६ पैसाले घटेको हो । यसअघि मंगलबार युरोको खरिदमूल्य १४४ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो।

त्यस्तै, बुधबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ ४ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल बुधबार एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बुधबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ एक पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *