फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

डिसी नेपाल
२७ वैशाख २०८० ११:०२
1.2k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य दिन प्रति दिन बढ्दै गएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको हो।

मंगलबार प्रति तोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *