जाल्पा सामुदायिक लघुवित्तको लाभांश संसोधन, अब कति ?

डिसी नेपाल
२७ वैशाख २०८० १२:०१
92
Shares

काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त संस्थाको लाभांश संसोधन भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अब संस्थाले बोनस सेयर र नगद गरी कुल १५ प्रतिशतमा लाभांश वितरण गर्ने भएको छ।

संस्थाले यसअघि ७३ प्रतिशत बोनस सेयर र करसहित ३.८४२१ प्रतिशत नगद गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। तर, राष्ट्र बैंकले गत फागुन १० गते परिपत्रबमोजिम लाभांश वितरण गर्न निर्देशन दिएकोले यसअघि प्रस्तावित लाभांशमा संशोधन गरिएको संस्थाले जनाएको छ।

अब संशोधन गरी प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *