चैतसम्म ९ खर्ब रेमिट्यान्स भित्रियो, २४.२ प्रतिशतको वृद्धि
काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो।
गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो। अमेरिकी डलरमा विप्रेषण आप्रबाह वृद्धिदर १३.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१.५ प्रतिशतले बढेर ३ तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा ५.५ प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment