पश्चिम बंगालमा ‘द केरला स्टोरी’लाई प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतले सुनुवाइ गर्ने
काठमाडौं । फिल्म निर्माता विपुल शाहले ‘द केरला स्टोरी’माथि प्रतिबन्ध लगाउने पश्चिम बंगाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा याचिका दायर गरेका छन् । अदालतले यो प्रतिबन्धको सुनुवाइ मे १२ मा गर्नेछ।
यो जानकारी बीबीसीकी सहयोगी पत्रकार सुचित्रा मोहन्तीले दिएकी हुन् । फिल्मका निर्माताको तर्फबाट पूर्व सोलिसिटर जनरल हरिश साल्वेले प्रतिनिधित्व गर्दैछन् । फिल्म ‘द केरला स्टोरी’लाई लिएर विवाद सुरु भएको छ ।
मध्य प्रदेश र उत्तर प्रदेश सरकारले यो फिल्मलाई करमुक्त बनाएको छ । यसैबीच पश्चिम बंगाल सरकारले राज्यमा शान्तिको कारण देखाउँदै फिल्ममाथि प्रतिबन्ध लगाएको छ ।
तमिलनाडु सरकारले आधिकारिक रूपमा फिल्मलाई प्रतिबन्ध लगाएको छैन, तर फिल्म राज्यका थिएटरहरूमा प्रदर्शन गरिएको छैन, त्यसैले तमिलनाडुमा पनि ‘द केरला स्टोरी’ को कुनै शोहरू उपलब्ध छैनन्।
केरलाका हिन्दू केटीहरूलाई धर्म परिवर्तन गरी आइएसआइएसमा सामेल हुन सिरिया लगिएको सत्य घटनामा आधारित रहेको फिल्मको दाबी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment