नेपालगञ्जको किङ्स क्लबबाट हतियारसहित तीन जना पक्राउ

डिसी नेपाल
२७ वैशाख २०८० १९:०६

नेपालगञ्ज । नेपालगञ्जको किङग्स क्लबबाट हतियारसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएराति साढे ११ बजे नेपालगञ्ज–१२ स्थित सुर्खेत रोडमा रहेको किङग्स क्लबमा पेस्तोलसहित आएर झगडा गर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

क्लबमा झगडा हुँदै गरेको सूचना प्रहरीलाई आए लगत्तै गएको बाँके प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर ९ का २९ वर्षीय धर्म पुन मगरलाई  पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

झगडा गरिरहेको अवस्थामा पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा उनीहरूमध्ये सुमनले प्रहरी आएको थाहा पाइ क्लबको बाथरुममा लुकाएको म्यग्जिनमा लोड गरिएको एक राउन्ड गोलिसहितको अमेरिकन पेस्तोल प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरु सवार बा ११ च ८०० नम्बरको कार खानतलासी गर्दा एउटा खुकुरीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीले उनीलाई हिरासतमा राखेर हातहतियार मुद्दामा थप अनुसन्धान गरिएको जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *