नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
२७ वैशाख २०८० २०:४२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानविन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको हो । उनीहरुले कसैको दवावमा दोषीले उन्मुक्ति नपाउने गरि कारवाही गर्न माग गरेका छन् ।

बृहत् नागरिक आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेको थियो । प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य लिमा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै जनताहरु सरकारको साथमा रहेको भन्दै खुट्टा कमाउने नहुनेमा जोड दिए ।

प्रदर्शनमा सहभागीहरूले हाम्रो कर मिलेर लुट्न बन्द गर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात–टोपबहादुरलाई ओलीको साथ, शरणार्थीको प्रकरणको सक्कली छानबिन होस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *