हेर्नुहोस् बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको हो।
बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment