सिटी होटलको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

डिसी नेपाल
२८ वैशाख २०८० ११:४०
152
Shares

काठमाडौँ। सिटी होटलको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ।  आज बैंकिंग कारोबार समयसम्म लगानीकर्ताले यस आईपीओमा आवेदन दिन पाउनेछन्।

कम्पनीले सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।

जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर बिक्री गरिसकेको छ।

यसैगरि कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताले यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *