उच्च कोलेस्ट्रोलका बिरामीले तुरुन्तै अपनाउनुस् यी ३ उपाय

डिसी नेपाल
२८ वैशाख २०८० १३:४१

काठमाडौं। रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ।

यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने, पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। ४५ वर्ष नाघेका व्यक्तिहरूले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ।

समयमै तपाईंले यी घरेलु उपचारहरू अपनाउनुपर्छ जसले तपाईंको उच्च कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्न सक्छ। त्यसोभए, यी उपायहरू बारे जानौं।

उच्च कोलेस्ट्रोल घटाउने ३ घरेलु उपायः
लसुन– लसुनमा औषधीय गुण हुन्छ। लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्म कम हुन्छ । लसुनमा एलिसिन हुन्छ जुन सल्फर कम्पाउन्ड हो र कम घनत्व कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ। यस बाहेक यसले तपाईको रक्तनलीमा एक प्रकारको गर्मी पैदा गर्छ, जसका कारण रक्तनली सफा हुन्छ । त्यसैले हरेक दिन बिहान खाली पेटमा लसुनको १ वटा लौंग खानुहोस् ।

फ्ल्याक्ससीड (आलस)– उच्च कोलेस्ट्रोलमा आलसको बीउको सेवन धेरै तरिकाले फाइदाजनक हुन्छ। वास्तवमा, फ्ल्याक्स सिडमा अल्फा–लिनोलेनिक एसिड हुन्छ जसले उच्च कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ। यस बाहेक यसले ट्राइग्लिसराइड्स कम गर्छ र कोलेस्ट्रोल बढ्न दिदैन । त्यसैले मनतातो पानी वा दूधमा १ चम्चा सनको दाना मिसाएर सेवन गर्नुहोस्।

धनियाँँ – धनियाँको दानाले उच्च कोलेस्ट्रोलमा छिटो काम गर्न सक्छ। वास्तवमा धनियाँको दानामा भिटामिन सी, भिटामिन ए, फोलिक एसिड र बिटा क्यारोटिन हुन्छ जसले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ।

तपाईंले कोलेस्ट्रोल कम गर्न यी उपायहरू अपनाउनुपर्छ। स्वास्थ्यका हिसाबले पनि फाइदाजनक हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *