रूरू जलविद्युत् परियोजनाको खुद नाफा ६ करोड ६८ लाख रुपैयाँ

डिसी नेपाल
२८ वैशाख २०८० १४:४३
192
Shares

काठमाडौँ। रूरू जलविद्युत् परियोजनाले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ।

यो नाफा कम्पनीको अघिल्लो वर्षको यसैअवधिमा भन्दा १७.४० प्रतिशत कम हो। गत वर्षको यसैअवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १३ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो।

यसैअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ११.२६ प्रतिशतले घटेर ११ करोड ७२ लाख रुपैयाँमा आएको छ। विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो।

साथै, कम्पनीको बिक्री लागत पनि ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा छ। नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ।

यसैगरी, चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर १८ रुपैयाँ ०६ पैसा र नेटवर्थ  १३१ रुपैयाँ ९५ पैसा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *