तीन कम्पनीको २० लाख बढी कित्ता सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीका २० लाख ४० हजार ९९७.१८१२ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयल रहेका छन्।
ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५.९९ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर सूचिकृत भएको हो।
ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशतले हुन आउने ६ लाख ६३ हजार १०७.१९१२ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट१२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
नेपाल ल्युब आयलको २५ प्रतिशतले हुन आउने ९७ हजार ५६४ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।







डिसी नेपाल







Facebook Comment